वि.सं. २०७१ श्रावण १९ गते सोमबार तदनुसार ई. सं. २०१४ अगस्ट ०४ तारिख - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » वि.सं. २०७१ श्रावण १९ गते सोमबार तदनुसार ई. सं. २०१४ अगस्ट ०४ तारिख

वि.सं. २०७१ श्रावण १९ गते सोमबार तदनुसार ई. सं. २०१४ अगस्ट ०४ तारिख


आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यस्थितिमा प्रतिकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । प्रेमीप्रेमिका र पतिपत्नीका बीचमा खटपट बढ्न सक्छ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लामो समयदेखि रोकिएका कामहरु बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । तर व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा हानि पुग्नेछ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई नमान्नाले तपाईंलाई दीर्घकालिक असर पर्नसक्छ । सन्ततिको चिन्ताले सताउन सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
झैझगडाबाट टाढा बस्ने दिन हो । खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग मनमुटाव हुनसक्छ । प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस हुनेछ । शरीरमा आलस्यपना देखिने छ, चोटपटक पनि लाग्न सक्छ । आजको कमजोरीले पछिसम्म असर पुर्याउन सक्छ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ ।  भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनु पर्नेछ । सानातिना कुरामा अल्मलिने समय छैन, मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी गर्न बाध्य हुनुपर्छ । नचाहँदा नचाहँदै धेरैथोर लगानी गर्नु पर्नेछ । तपाईंको बोलीको प्रतिकूल प्रभाव पर्नाले आफन्त टाढिने सम्भावना देखिन्छ । व्यापारिक कारोबारमा शिथिलता आउने योग छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै नयाँ कामको थालनी गर्दा तपाईंले पछिसम्म पछुतो मान्नु पर्ने हुन्छ, त्यसैले सचेत हुनु राम्रो हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित भए पनि खास उपलब्धी हुनसक्दैन । मन त्यसैत्यसै उत्ताउलो बन्न सक्छ । दैनिक कामकाज गर्न समेत असहज हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज यात्राको योग छ, तर सवारी साधन चलाउँदा वा बाटो काट्दा निकै होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थितिमा असर पर्न सक्छ । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन । पारिवारिक समस्याले मन पिरोल्ने छ । काममा सोचेजस्तो सफलता प्राप्त हुन सक्दैन । उन्नतिमा बाधा हुनेछ । पेसा र बन्दव्यापारमा बेफाइदा हुनसक्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दान पुण्यका कार्यतर्फ मन आकर्षित भए पनि त्यसलाई कार्यान्वयन गर्न सक्नुहुने छैन । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखिन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुनसक्दैन । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

स्मरण गर्नुहोस् :-
माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template