साउनमै देउसीेभैलो खेल्दै श्रीकृष्ण र स्वेता । भिडियो - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » साउनमै देउसीेभैलो खेल्दै श्रीकृष्ण र स्वेता । भिडियो

साउनमै देउसीेभैलो खेल्दै श्रीकृष्ण र स्वेता । भिडियो

हाल बिरामी रहेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले साउनै देउसी खेलेका छन । फिल्म ‘कोहिनुर’को एक गीतमा यो जोडीले देउसीभैलो खेल्दै रमाइलो गरेका हुन । फिल्मका उक्त गीत हालै मात्र सार्वजनिक गरिएको हो ।यसपालीको तिहारै रमाइलो बोलको गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ भने शम्भुजित बाँस्कोटाको सँगीत रहेको छ । यता फिल्म ‘कोहिनुर’ भने आउदो शुक्रबारबाट रिलिजको तयारीमा छ । चेलिबेटी बेचबिखन को कथा उठाइएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन । फिल्ममा श्रीकृष्ण, स्वेता सँग मिथिला शर्मा, सम्राट सापकोटालगायतको अभिनय छ । फिल्मलाई श्रीकृष्ण र स्वेताले नै मिलेर बनाएका हुन । यसैबीच फिल्म रिलिजको सँघारमा आइसक्दा पनि निर्माता नायक श्रीकृष्ण भने नेपाल फर्कन सकेका छैैनन । उनीसँगै नायिका तथा उनको श्रीमति स्वेता खडका पनि दिल्लीमै छन । निमोनिया भएको श्रीकृष्णको स्वास्थ्यमा सुधार नभएपछि उनीहरु नेपाल फर्कन नसकेका हुन । बुझिएअनुसार फिल्म रिलिज अगावै अर्थात यहि २३ गतेभन्दा अघि उनीहरु नेपाल फर्कने सम्भावना छैन




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template