गोरखामा जिप दुर्घटना, एकको मृत्यु - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » गोरखामा जिप दुर्घटना, एकको मृत्यु

गोरखामा जिप दुर्घटना, एकको मृत्यु

२२ साउन, गोरखा । गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० यात्रु घाइते भएका छन् । बाह्र किलोबाट गोरखाको भच्चेक जाँदै गरेको ग १ च ९२६२ नं को जिप गोरखाको १२ किलोस्थित लामागाउँ नजिकै बिहीवार जिप दुर्घटना हुँदा हर्मी-३ सापकोटा गाउँकी समुद्रा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर रहेका आठ जनालाई गोरखा जिल्ला अस्प्ातालले सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template