Pages

जहाँ दाजुहरुको विर्य खानुपर्छ, श्रीमती महिनावारी हुँदा नाकबाट रगत निकाल्नुपर्छ

विश्वमा केही यस्ता परम्परागत मूल्य, मान्यता तथा अन्धविश्वास छन् जसलाई केही आदिवासीहरुले यद्यपि अँगालिरहेका छन् तर अरु सर्वसाधारणलाई भने यो पत्याउनै गाह्रो पर्छ ।
पपुवा न्युगिनीको साम्बिया आदिवासी समूदायमा पनि यस्तै अनौठो तथा अपत्यारिलो लाग्ने प्रथा कायम छ ।
यो आदिवासी समुदायलाई विर्य पिउने जाति पनि भनिन्छ । यस आदिवासी समुदायमा केटाहरुमा पुरुषत्व स्थापित गर्नका लागि अनौठो काम गरिन्छ ।
सात वर्षको उमेरमै बालकहरुलाई महिला तथा बालिकाहरुबाट टाढै राखिन्छ । गाउँभरका केटाहरु एकैठाउँमा दश वर्षसम्म बस्छन् । ती १० वर्षमा उनीहरुको छाला सियोले रोपिन्छ । यसरी रोप्नुको मुख्य कारण भनेको उनीहरुले ७ वर्षको उमेरसम्म महिला तथा केटीको संगत गर्दा वा बस्दा जिउमा सरेको प्रदुषण, फोहोर तथा खराबी हटाउनु हो ।
birya3
महिलाका कारण किशोरहरुको रगतमा मिसिएको खराबी हटाउन भन्दै नियमित रुपमा उनीहरुलाई नाकबाट रगत बगाइन्छ भने वान्ता समेत गर्न लगाइन्छ । यसका लागि उनीहरुलाई ठूलो परिमाणमा उखु खान लगाइन्छ ।
विचरा ती किशोरहरुलाई जसरी पनि ‘मर्द’ हुनुछ । त्यसकारण उनीहरुलाई आफ्नो दाइ पर्ने सँगै बसेका अन्य किशोरहरुको विर्य निकालेर नियमित रुपमा खुवाइन्छ । यसरी विर्य पिउँदा किशोरहरुको जिउ वृद्धि हुने तथा सरीर बलियो हुने मान्यता छ ।
१० वर्षको छुट्टै तथा सकसपूर्ण बसाइ पछि उनीहरुलाई पुनः समुदायमै मिसाइन्छ । त्यसपछि उनीहरुको बिहे गरिन्छ । बिहेपनि पनि उनीहरुले निकै कठीन संस्कार झेल्नुपर्छ । आफ्नी श्रीमती महिनावारी भएको बेलामा पुरुषहरुले नाकमा घाउ बनाएर रगत बगाउनुपर्छ ।
birya7
birya11
birya12
birya14
birya15
-

No comments:

Post a Comment