इबोला भाइरसले ७ सय २९ को मृत्यु - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » इबोला भाइरसले ७ सय २९ को मृत्यु

इबोला भाइरसले ७ सय २९ को मृत्यु

मोनरोबिया : खतरनाक इबोला भाइरसबाट पश्चिमी अफ्रिकी देशमा ७ सय २९ जनाको मृत्यु भइसकेको जानकारी संयुक्त राष्ट्रसंघले दिएको छ। यो भाइरस गत फेब्रुअरी महिनादेखि द्रुत गतिमा फैलिरहेको छ। सियरा लियोनमा मात्र यो भाइरसले दुई सय ३३ जनाको ज्यान लिइसकेको छ। यस भाइरसविरुद्ध औषधि निकाल्ने कार्यमा जुटेका डा. सेक उमार खानको पनि मृत्यु भएको छ। इबोला भाइरसमा सतर्कता अपनाउँदै सियरा लियोनका राष्ट्रपतिले देशमा सार्वजनिक स्वास्थ्य क्षेत्रमा आपत्काल घोषणा गरेका छन्। राष्ट्रपति अर्नेस्ट बाई कोरोमाले बिहीबार वक्तव्य सार्वजनिक गरी आपत्काल घोषणा गरेका हुन्।


अमेरिकाले पनि उद्धारकार्यमा खटिएका मेडिकलका कर्मचारी तथा स्वयंसेवकलाई जीवाणु प्रभावित क्षेत्रबाट फिर्ता हुन आदेश दिएको छ। अमेरिकी विदेशमन्त्रालयका अनुसार तीन अमेरिकी स्वयंसेवक यस भाइरसबाट प्रभावित भएपछि यस्तो फैसला लिनुपरेको छ। अमेरिकाका दुई स्वयंसेवकमा अहिले इबोलाको लक्षण देखिएको छैन, तर सुरक्षाको दृष्टिकोणले उनीहरूलाई निगरानीमा राखिएको छ। उनीहरू इबोलाबाट संक्रमित एक व्यक्तिको सम्पर्कमा थिए, जसको मृत्यु भइसकेको छ।

अर्कोतर्फ लाइबेरियाली राष्ट्रपतिले देशका सबै स्कुल बन्द गर्ने आदेश दिएकी छन्। भाइरसको खतरालाई हेरेर अधिकांश सरकारी कर्मचारीले कार्यालयबाट छुट्टी लिएका छन्। लाइबेरियाकी राष्ट्रपति एलेन जोनसन सरलिफले गम्भीर परिस्थिति हेरी अर्को साता वासिङटनमा हुने अफ्रिकी नेताको सम्मेलनमा जाने फैसला रद्द गरेकी थिइन्। यसका साथै उनले इबोला भाइरसप्रभावित देश गिनी र सियरा लियोनको सीमाक्षेत्रमा रहेको बजार बन्द गर्ने आदेश दिएकी छन्।

एलेन जोनसनले भनिन्, 'देशवासी! इबोला द्रुत गतिमा फैलिरहेको छ र यो प्राणघातक छ। त्यसैले सबैले स्वास्थ्यमा ध्यान दिनुहोला।' घातक इबोला भाइरसको संक्रमण रोक्नका लागि लाइबेरियाको फुटबल संघले फुटबलसँग सम्बन्धित सबै गतिविधिमा रोक लगाएको छ।

फुटबल संघले भनेको छ, 'यो खेलमा खेलाडी आमनेसामने एकअर्काको सम्पर्कमा आउँछन्, यसबाट संक्रमणको खतरा हुन्छ। यो रोग संक्रमित व्यक्तिको शारीरिक सामानबाट सजिलै फैलिन्छ।'

इबोला भाइरसबाट संक्रमित ९० प्रतिशत मानिसको मृत्यु हुन्छ, तर सुरुमै यसबारे थाहा भएमा संक्रमित व्यक्ति बाँच्ने सम्भावना हुन्छ। उद्धार टोलीका अनुसार लाइबेरिया, गिनी र सियरा लियोनबाट करिब तीन सय ४० स्वयंसेवकलाई निकालिएको छ। इबोला भाइरसको भ्याक्सिन अहिलेसम्म बनाउन सकिएको छैन।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template