विवाह गरेर छोरी जन्माएपछि थाहा पाइन् पति मानेको पुरुष आफ्नै भाइ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » विवाह गरेर छोरी जन्माएपछि थाहा पाइन् पति मानेको पुरुष आफ्नै भाइ

विवाह गरेर छोरी जन्माएपछि थाहा पाइन् पति मानेको पुरुष आफ्नै भाइ

ब्राजिलमा एक दम्पति जोडी सहोदर दिदी भाइ रहेको अत्यास लाग्दो तथ्य सार्जनिक भएको छ । आफ्नी धेरै वर्ष देखि वेपत्ता आमा खोजि गर्ने क्रममा उनीहरुले आफूहरु एउटै आमाका छोराछोरी रहेको चाल पाए । ब‍्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि छिन् । एड्रियाना र लियोनार्दो एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा मात्र आएनन् विवाहित बनेर सँगै बस्न पनि थाले । दुवै जनाले आफ्‍नी आमा मारियाको खोजी जारी राखेका थिए । दुवैलाई आफू बच्चा हुँदा नै आमाले छोडेर गएको मात्र थाहा थियो । तर उनीहरु खासमा एउटै आमाका सन्तान थिए । तर जव उनीहरुको आमा खोज्ने अभियानले सार्थकता पायो त्यतिबेला मात्र उनीहरु छाँगाबाट खसे जस्तै भए । अहिले सौन्दर्य प्रसाधन विक्री गर्ने एड्रियाना १ वर्षकी हुँदा नै आमाले उनलाई छोडेर हिँडेकी थिइन् । त्यसैगरी अहिले ट्रक चलाउने पेशामा रहेका लियोनार्दो ८ वर्षको हुँदा आफ्नी आमाले आफूलाई जन्माउने वित्तिकै छोडेर हिँडेको र बाबुले सौतेनी आमा ल्याएको चाल पाए । एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् । उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरिन् र रेडियोले उनकी आमासँग भेट्ने ब्यवस्था गरिदियो । हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि मात्र उनीहरु झसङ्ग भएकि दम्पति बनेका उनीहरु २ भाइबहिना हुन् । हराएका आफ‌न्तहरु धेरैपछि भेटिँदा एक प्रकारको यौनिक आकर्षण हुने स्वास्थ्य समस्या नै रहेको चिकित्सकरुले बताएका छन् । एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने उनीहरुको भनाइ छ । आमाले लियोनार्दो आफ्नै छोरो रहेको बताएपछि एड्रियानाले धरीधरी रोइन् र चिच्याइन् 'लियोनार्दो मेरो पति हो' उनले रेडियोमै आफूलाई लियोनार्दोले अस्वीकार गर्लाकि भनेर घर जान समेत डर लागेको बताइन् । तर आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् । एड्रियाना भन्छिन् 'अव मृत्युले मात्र हामीलाई छुटाउन सक्छ' 'भगवानले नै हामीलाई यस्तो होस् भन्ने चाहे' उनी भन्छिन् । आफूहरु प्रेममा परेपछि दुवै जनाका आमाको नाम एउटै रहेको भन्दै छक्क परेको अनुभव समेत उनीहरु सुनाउँछन् । तर आफूहरु कुनै हालतमा पनि छुटिन नसक्ने उनीहरुको भनाइ छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template