कुकुरले पत्ता लगायो मान्छेको क्यान्सर रोग - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कुकुरले पत्ता लगायो मान्छेको क्यान्सर रोग

कुकुरले पत्ता लगायो मान्छेको क्यान्सर रोग

कुकुर एक घरपालुवा जनावर हो । यसले मालिकको सेवा गर्ने, घरको सुरक्षा गर्ने लगायतका काम गर्छ यो त सबैलाई थाहा भएकै हो तर कुकुरले मान्छेलाई लागेको क्यान्सर रोग पत्ता लगाउँछ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर लण्डनमा यस्तै भएको छ । लण्डनमा एक डेजी नाम गरेको कुकुरले अहिलेसम्म ५ सय भन्दा बढि व्यक्तिहरुमा क्यान्सर रोग रहेको सुँघेरै पत्ता लगाइ दिएको छ । बेलायतमा प्राणी डक्टरको रुपमा काम गरिरहेकी डा. क्लेयर गेस्टले पालेको र तालिम दिएको डेजी नामक कुकुरले पहिलो पटक सन् २००९ मै क्यान्सरको पुष्टि गरेको थियो । गेस्टलाई सो समय डेजीले अनौठो र आश्चर्यजनक व्यवहार गरेको थियो जबकी उनलाई क्यान्सर रोग लागेको पत्तै थिएन । कुकुरको व्यवहारपछि चेकअप गराउँदा उनलाई प्रारम्भिक चरणको क्यान्सर भएको डाक्टरहरुले पुष्टि गरिदिए । यो विषयमा गेस्टले एक शोध समेत प्रकाशित गरेकि थिइन् । तर धेरैले यसलाई नकारात्मक रुपमा लिए र हावादारी कुरा पनि भने । त्यसपछि गेस्टले डेजीको सहायताले अन्य व्यक्तिहरुमा परीक्षण गरिन् । अनुसन्धानको क्रममा ९३ प्रतिशत मानिसको सहजै डेजीले क्यान्सर रोग रहेको पत्ता लगाइ दियो । यसपछि डाक्टर र सर्वसाधारणले अचम्म माने पनि स्विकार गर्न बाध्य भए । यसको लगत्तै सन् २०१० मा जापानका शोधकर्ताले यो पुष्टि गरेकि - 'कुकुरको सुँघेर क्यान्सर रोग लागे नलागेको पत्ता लगाउन सक्छ ।' 'क्यान्सर भएको मानिसबाट एक प्रकारको गन्ध निस्कन्छ र त्यही गन्ध सुँघेर कुकुरले क्यान्सर रोग पत्ता लगाउन सक्छ' भनि प्रमाणित गरे । -एजेन्सी 




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template