र्‍यालबाटै पत्ता लाग्छ मधुमेह - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » र्‍यालबाटै पत्ता लाग्छ मधुमेह

र्‍यालबाटै पत्ता लाग्छ मधुमेह

मधुमेहका रोगीले आफ्नो शरीरमा चिनीको मात्रा थाहा पाइरहनुपर्ने हुन्छ। रगतमा चिनीको मात्रा थाहा पाउन प्रत्येकपटक शरीर घोचेर रगतको नमुना निकाल्नु झन्झटिलोमात्र होइन, कहिलेकाहीँ पीडादायी पनि हुन्छ।पिसाबबाट चिनीको मात्रा थाहा पाउन पनि त्यति विश्वसनीय मानिँदैन। यस्तो अवस्थामा मधुमेह रोगीका लागि खुसीको खबर छ।अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकले र्‍यालको माध्यमबाट रगतमा चिनीको मात्रा पत्ता लगाउने चिप्स विकसित गरेका छन्। यो चिप्स बजारमा आएपछि मधुमेहपीडितको शरीर घोचेर अझ पीडा दिनुपर्ने अवस्था आउनेछैन। एक इन्च चौडा भएको यो चिप्सले प्रकाशको माध्यमबाट आफ्नो सम्पर्कमा आएको र्‍यालको रासायनिक गुण पत्ता लगाउँछ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template