डन' चरीलाई आफ्नै प्रेमीको पूर्व बोइफ्रेण्डले हत्या गरेको खुलासा - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » डन' चरीलाई आफ्नै प्रेमीको पूर्व बोइफ्रेण्डले हत्या गरेको खुलासा

डन' चरीलाई आफ्नै प्रेमीको पूर्व बोइफ्रेण्डले हत्या गरेको खुलासा

काठमाडौं,साउन२३–एउटी युवतीलाई दुई युवकले मन पराएका कारण डन दिनेश अधिकारी चरीले ज्यान गुमाउनुपरेको भनेर पनि चर्चा चुलिएको छ । खासमा चरी र उनका पुराना साथी अर्पण कोइरालाबीच तिक्त सम्बन्ध थियो,कारण हुन् मोडल खुस्वु ओली । अर्पण र खुस्वु प्रेमी–प्रेमीका थिए । मिन टिन नेपालको उपाधि जितेकी सुन्दरी खुस्बुलाई अर्पणले दिनेश चरीसँग चिनजान गराएका थिए । त्यतिन्जेलसम्म अर्पण र चरी निकै मिल्ने साथी थिए । तर,जब खुस्बु र चरी नजिकिए, अर्पण बाहिरिए ।खुस्वुको परिवारले पनि चरीलाई स्वीकार गरेपछि उनीहरुको प्रेम झाँगिदै गएको थियो,उता अर्पणको खुस्वुसँग दुश्मनी बढ्दै थियो । उनले खुस्बुलाई फोनमा जथाभावी भन्न थाले । पटकपटक झगडा हुन थाल्यो । अर्पणले चरीलाई मारिदिने भन्दै खुस्बुलाई धम्की दिँदै इमेल समेत पठाएका थिए । एक वर्षअघिका धम्की खुस्बुले सार्वजनिक गरेकी पनि छन् । चरीकी प्रेमीका खुस्बु ओलीले भने अर्पण कोइराला प्रयोग गरेर प्रहरीले हत्या गरेको दाबी गरेकी छन् । अर्पण भन्ने एक युवकबाट दुरुपयोग भएर नेपालको प्रहरीले बामदेब गौतमकै दलमा आबद्ध डनलाई मार्ने हिम्मत गर्यो ? प्रश्न यो पनि उठेको छ । उता एसएसपी पुस्कर कार्की भन्छन्,‘यी सबै हावा कुरा हुन्,गुन्डागर्दी नियन्त्रणको क्रममा उनको मृत्यु हुन पुगेको हो ।’




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template