शोभाको मृत्युदण्डले उब्जाएको प्रश्न - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » शोभाको मृत्युदण्डले उब्जाएको प्रश्न

शोभाको मृत्युदण्डले उब्जाएको प्रश्न

दुर्ब्यबहार त अवश्य नै गर्छन् । दुर्ब्यबहार सहने पनि सीमा हुन्छ । दुर्ब्यबहारले सीमा नाघेपछि मर्न र मार्न स्वभावैले पछि हट्दैनन् कोही पनि। शोभा परियारको जस्तो घटना पुन: नदोहोरिएला भन्न सकिँदैन । जबसम्म साउदीमा नेपाली महिला कामदारको बिषयमा कुनै त्यस्तो उचित र भरपर्दो कानुन बन्दैन, भोलिका दिनहरुमा यसरी नै नेपाली चेलीहरु साउदीमा नझुण्ड्याइएला अथवा बलात्कृतको शिकार नहोला भन्न सकिँदैन ।
यस्ता घटनाहरु निरन्तर घट्दै गएको अवस्थामा त्यसको जिम्मेवार को हुने ? नेपाली चेलीहरु दिनप्रति दिन साउदी नागरिकहरुद्वारा बलात्कृत हुनुपर्ने ? तर, तिनका चेलीहरुलाई झुक्किएर हेर्नसम्म पनि नहुने ? तिनका चेलीलाई बलात्कार त के दुबैको सहमतिमा सम्बन्ध राख्नु अपराध ठहरिन्छ । साबित भए मृत्युदण्डको सजायँ दिइन्छ ।
समाधानका उपाय के त ?
नेपाल सरकारले महिला कामदार साउदी पठाउन दुइ देशबीच कुनै भरपर्दो रोजगार सम्झौता नहुँदासम्म साउदी सरकारले नेपाली महिला कामदारका लागि प्रवेशाज्ञा पूर्णरुपले बन्द गर्न साउदी सरकारसँग अनुरोध गर्नु पर्छ।
साउदी सरकारले नेपाली महिला कामदारका लागि भिसा बन्द गरेपछि साउदीका मानिसहरुले भारतको बाटो हुँदै अवैधानिक तरिकाले नेपाली महिला कामदारहरु ल्याउन पूर्ण रुपले स्वत: बन्द हुनेछ ।
सम्पूर्ण नेपाली चेलीहरु, जसले घरेलु कामदारका लागि साउदी अरेबिया जाने सोच राख्नुभएको छ, अथवा कुनै पनि दलालले तपाईलाई भारतको दिल्ली र मुम्बईको बाटो भएर साउदी लैजानका लागि फकाई फुलाई गरेको छ भने त्यस्ता दलालहरुको लहैलहैमा लागेर आफ्नै भविश्यलाई अँध्यारो सुरुङ्गभित्र खसाल्ने काम नगर्नुहोला ।
नेपालको सरकारले वैधानिक तवरबाट साउदी अरेबियामा महिला कामदार जान दिने भन्ने मिडियाहरुमा आइरहेको पनि छ । तर, नेपाल सरकारले साउदी सरकारसँग उचित र भरपर्दो महिला कामदार सम्बन्धी कानून नबनाउँदासम्म घरेलु कामदारका लागि कुनै पनि महिला दिदीबहिनीहरु साउदीमा आफ्नै भबिष्य बर्बाद गर्न नआउनु होला ।





Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template