कुलंगार छोरो : बाबुआमालाई काटेर मासु पकाएर खायो - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कुलंगार छोरो : बाबुआमालाई काटेर मासु पकाएर खायो

कुलंगार छोरो : बाबुआमालाई काटेर मासु पकाएर खायो

कुलंगार छोरो : बाबुआमालाई काटेर मासु पकाएर खायो राक्षस सन्तान भएपछि कसको के लाग्छ ? हंगकंगमा एक कपूत छोरोले आफ्नै बाबुलाई काटेर उनीहरुको मासु खाएको छ । आफ्ना ६५ वर्षका बुवा चाउ विंग की र ६२ वर्षकी आमा सिउ उएट यी लाई मार्नका लागि त्यो कपूतले आफ्ना साथीहरुको सहयोग लिएको थियो । ती वृद्धवृद्धा हराएको केही दिनपछि गएको मार्चमा उनीहरुकै अपार्टमेन्टमा रहेको रेपि|mजेरेटरमा उनीहरुको काटिएको टाउको प्रहरीले फेला पारेपछि हत्यामा उनीहरुकै छोरो संलग्न रहेको खुलासा भएको थियो । टाउको बाहेकका अन्य अंगको मासु पकाएर लञ्चबक्समा भातसँगै प्याक गरेको अवस्थामा फोहोर फ्याँक्ने भाँडोमा भेटिएको थियो । बाबुआमाको त्यस्तो नृसंस हत्या गरेर मासु खाने धृष्टता गर्ने निर्दयी कपूतको नाम हेनरी चाउ हो, जो ३० वर्षको छ । उसलाई उसको साथी सी चुन केइले साथ दिएको थियो । अदालतमा चाउले बाउ आमा मारेको आरोप स्विकार गरेपनि सहयोगी चुनले पनि आरोप अस्विकार गर्दै आफु निर्दोष रहेको दाबी गरेको छ । प्रहरीका अनुसार चाउले आफ्ना बाउआमा मार्नका लागि महिनौँदेखि योजना बनाएको थियो र साथी सँग मिलेर चक्कु, रेपि|mजेरेटर, माइक्रोवेभ ओभन तथा राइस कुकुर किनेर राखेको थियो । एजेन्सी




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template