खरबुजालाई चक्कु हानेको आरोपमा पक्राउ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » खरबुजालाई चक्कु हानेको आरोपमा पक्राउ

खरबुजालाई चक्कु हानेको आरोपमा पक्राउ

मान्छेलाई चक्कु हानेको आरोपमा आक्रमणकारी पक्राउ पर्नु त स्वभाविकै हो । तर के तपाइँले खरबुजालाई चक्कु हानेको आरोपमा कोही मान्छे पक्राउ परेको सुन्नुभएको छ ? वास्तवमा यो हुने कुरै होइन जस्तो लाग्छ । तर अमेरिकामा यस्तै भएको छ । खरबुजामाथि रिसको झ्वाँकमा चक्कु हानेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । समाचार अनुसार कनेक्टिकटका बासिन्दा कार्मिन सर्भेलिनोले आफुलाई तर्साउने गरी खरबुजालाई चक्कुले हानिरहेको भन्दै एक महिलाले प्रहरीमा उजुरी गरिन् । महिलाको उजुरी पछि घटनास्थलमा प्रहरी पुग्दा ती पुरुषले रिसाएर खरबुजालाई चक्कुले हानिरहेका थिए । प्रहरीले मान्छेलाई धम्क्याउने क्रियाकलाप गरेको अभियोगमा उनलाई पक्राउ गर्यो । ५ सय डलर धरौटी तिरेर उनी मुक्त भए । -




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template