बसभित्रै युवतीमाथि सामूहिक बलात्कार - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » बसभित्रै युवतीमाथि सामूहिक बलात्कार

बसभित्रै युवतीमाथि सामूहिक बलात्कार

आरपी सुवेदी २२ साउन, नेपालगन्ज । बस चालक र सहचालकको मिलेमतोमा नेपालगन्ज बसपार्कमा बुधबार बिहान एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बाँके प्रहरीका अनुसार रुकुम स्थायी घर भई मामाको घर जान आएकी १८ बषिर्या युवतीलाई नेपालगन्ज बसपार्कमा उनी यात्रा गरेको बसका चालक र सहचालकले बलात्कार गरेका हुन् । घटनामा संलग्न दाङ्ग तुल्सीपुर ९ घर भई ना ४ ख ५१६७ नम्बको वसमा सह चालकको काम गर्ने स्याने भन्ने सुमन विसी र दैलेख नारायण नगरपालिका ८ घर भई ना ३ ख ८७१३ नम्बरको वसका चालक चंख्ये भन्ने अजिव सुनारलाई पक्राउ गरिएको छ । शमशेरगंज ओर्लनुपर्ने ती युवतीका झोला र मोबाइल सहचालकले लुकाइदिएपछि उनी नेपालगंज बसपार्कसम्म आउन बाध्य भएको अनुसन्धानबाट देखिएको प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले बताए । बसभित्रै आफ्ना सामानको खोजीमा भौंतारिएकी ती युवतीलाई सवै यात्रु झरेपछि बिहान करिव ३ बजे दुई जनाले बसभित्रै बलात्कार गरेको अनुसन्धानमा देखिएको छ । नेपालगन्जबाट सादा पोशाकमा खटिएका प्रहरीले दाङको तुलसीपुरबाट उनीहरुलाई पक्राउ गरेको जल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक किसनसिंह बुडालले जानकारी दिए । पीडित युवतीको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भईरहेको प्रहरीलेे बताएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template