Pages

यसरी गर्नुस् वर्षायाममा कपालको स्याहार

सर्स्यूको तेलमा कागतीको रस मिसाएर कपाल मालिस गरी केही समयपछि धुँदा कपालको जरा बलियो बनाउन मद्दत गर्छ। अमलाको तेलमा कागतीको रस पनि प्रयोग गर्न सकिन्छ। चायाँबाट मुक्ति पाउनको लागि पानीमा थोरै भिनेगर मिसाएर कपाल धुनुपर्छ। स्याम्पुमा रसायनको प्रयोग हुने हुनाले धेरै स्याम्पु प्रयोग गर्नुहुँदैन। हप्ताको एक पटक दही वा अमलाको धूलो लगाएर कपाल धुनुपर्छ। यसले कपाललाई नरम, चम्किलो र लामो बनाउँछ। कपाल नुहाइसकेपछि मोटो तौलियाले हल्का मिच्दै पुछ्ने र केही समय तौलियामै बेरेर राख्नुपर्दछ। दहीमा थोरै कालो मरिचको धूलो मिसाएर लगाउँदा कपाल कालो बनाउन सहयोग गर्छ। कपालमा धेरै बास्ना आउने तेल राख्नु हुँदैन। कपाललाई नुहाइसकेपछि झट्काल्नु हुँदैन। साथै कडा घामबाट पनि बचाउनुपर्छ। कपाल सुकेपछि औंलाले विस्तारै मालिस गर्दै तेल लगाउनुपर्छ। कपालमा लगाउने तेल बारम्बार बदल्नु हुँदैन। धूमपान वा अन्य नशालु पदार्थको प्रयोग गर्नुहुँदैन। पौष्टिक आहारसहितको सन्तुलित भोजन गर्नुपर्छ र पर्याप्त व्यायामले पनि कपाललाई सुन्दर र स्वस्थ बनाउँछ। दिनमा १० देखि १२ गिलास पानी पिउनु पनि कपालको लागि फाइदाजनक हुन्छ।

No comments:

Post a Comment