साउन २३ – इजरायलले गाजा क्षेत्रमा फेरि आक्रमण शुरु गरेको छ । हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेपछि इजरायलले सेनालाई आक्रमण शुरु गर्न निर्देशन दिएको बिबिसीले जनाएको छ । फोटो फाइल हमासले १८ वटा रकेट आक्रमण गरेपछि आफूले पनि आक्रमण शुरु गरेको इजरायलको तर्क छ । इजरायलले गाजा बन्दरगाह फेरि सञ्चालन गर्नुपर्ने लगायतका माग पूरा गर्न नसकेकाले युद्धबिराम लम्ब्याउन नसकिने हमासले बताएको थियो । हमासले रकेट आक्रमण गरेको र खुला स्थानमा रकेट प्रहार भएकाले कुनै क्षति नभएको इजरायलले जनाएको छ । तर इजरायलले शुरु गरेको आक्रमणमा भएको पछिल्लो क्षतिबारे भने कुनै जानकारी अहिलेसम्म प्राप्त भएको छ । एक महिनादेखि इजरायलले गरेको आक्रमणमा १ हजार ८ सय ७५ जना प्यालेस्टीनी मारिएका छन् । मारिनेमध्ये १ हजार ३ सय ५४ जना सर्वसाधारण रहेको राष्ट्रसंघले जनाएको छ । मारिनेमा ४ सय १५ बालबालिका र २ सय १४ जना महिला छन् । इजरायलले आफ्ना ६४ जना सैनिक र दुई जना सर्वसाधारण नागरिक मारिएको बताएको छ । एक जना थाई नागरिक पनि हमासको आक्रमणमा मारिएका छन् ।


0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!