नेपाली बजारमा आएको‘ग्यालेक्सी कोर टु’ को मूल्य १७ हजार ९ सय रुपैयाँ तोकिएको छ । सस्तो र सुलभ मूल्यमा पाइने यो स्मार्टफोनले मध्यमवर्गीय नेपाली उभोक्ताहरु आकषिर्त गर्ने कम्पनीको अपेक्षा छ ।
दुईवटा सीम प्रयोग गर्न मिल्ने यसमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको छ र साथै ४ जीबीको आन्तरिक मेमोरी, ७६८ एमबी र्याम भएका कारण उच्च क्षमताका गेमहरु पनि सहज रुपमा खेल्न सकिने कम्पनीको दाबी छ ।
४.५ इन्चको टच डिस्प्ले भएका कारण ‘कोर टु’ मा इन्टरनेट चलाउन, गेम खेल्न, फोटो तथा भिडियो हेर्नसमेत सकिनेछ । यसमा लेड फ्लाससहितको ५ मेगापिक्सेल क्यामेरा र अगाडीको भागमा ०.३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
नेपाली बजारमा यो स्मार्टफोन कालो र सेतो रङमा उपलब्ध रहेको छ । यसमा वाईफाई, वाईफाई डाइरेक्ट, वाईफाई हटस्पट लगायतका सुविधाहरु समेत रहेका छन् र यो चलाउन पनि सजिलो रहेको कम्पनी बताउछ ।



0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!