Pages

सबैभन्दा ठूलो चराको बथान : पाँच लाख चरा एकै ठाम (फोटो फिचरसहित)

कैठाउँमा कतिवटा सम्म चरा सँगै बस्न सक्लान् ? पाँच लाख । कस्तो पत्याउनै गाह्रो । बाँसको झ्याङमा डेढ दुइसय डांग्रे चरा एकैठाम बस्दा त कति कचिंगल गर्छन् भने पाँच-पाँच लाख चरा कसरी एकठाम बस्न सक्लान् ? तर स्कटल्याण्डको पूर्वी तटीय क्षेत्र बास रकमा विभिन्न प्रजातिका ५ लाख चराको बथान हेर्ने हो भने यस्तो असम्भव कुरा पनि सम्भव भएको देख्नुहुनेछ । प्रजनन समयमा त्यहाँ विभिन्न देश तथा ठाउँबाट विभिन्न प्रजातिका फिरन्ते चराहरु जम्मा हुने गर्छन् । त्यहाँ जम्मा हुने चरामध्ये डेढ लाखको संख्यामा त ग्यानेट जातका पानीचरा नै छन् । प्रजनन समय सुरु भैसकेको हुँदा त्यहाँ अब चरा जम्मा हुने क्रम सुरु भैसकेको छ । पिक समयमा त्यहाँ विभिन्न प्रजातिका ५ लाख भन्दा बढि जलपंक्षीहरु जम्मा हुन्छन् । समाचार अनुसार यो वर्ष ग्यानेट चराले बच्चा कोरल्न सुरु गरिसकेको छ र ग्यानेटका सेता चल्लाहरु देखिन थालिसकेका छन् । यो क्षेत्र जलपंक्षीको लागि विश्वको सबैभन्दा महत्वपूर्ण सिमसार क्षेत्र मानिन्छ, अझ ग्यानेट चराको लागि त अद्धितीय । ज्वालामूखीबाट बनेको बास रक क्षेत्र करोडौँ वर्ष पहिलेको ज्वालामुखी अवशेष हो

No comments:

Post a Comment