क्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ । वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै आएको कार्वन, ग्राफिन तथा कार्वन नानोट्युब भन्दा बढि क्षमतायुक्त भएको दाबी गरेका छन् । यो पदार्थलाई सुपर क्यापासिटरको इलेक्ट्रोडमा लेपन गर्नमा प्रयोग गर्न सकिने सम्भावना छ । सुपर क्यापासिटर यस्तो विद्युत रसायिनक वस्तु हो जसले निकै ठूलो परिमाणमा विद्युत उर्जा संचय गर्न सक्छ । चुरोटका ठुटालाई यस्तो महत्वपूर्ण काममा प्रयोग गर्न सकिने भएपनि अब चुरोटका फ्याँकिएका ठुटा तथा फिल्टरका कारण हुने वातावरणीय समस्याको समेत समाधान हुने आशा पलाएको छ ।
Home »
बिचित्र संसार
» अब चुरोटका ठुटाबाट मोबाइल र कम्प्युटर चल्ने
अब चुरोटका ठुटाबाट मोबाइल र कम्प्युटर चल्ने
Labels:
बिचित्र संसार



0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!