रक्तश्राबका कारण दाङमा दुई सुत्केरीको मृत्यु - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » रक्तश्राबका कारण दाङमा दुई सुत्केरीको मृत्यु

रक्तश्राबका कारण दाङमा दुई सुत्केरीको मृत्यु

२२ साउन, दाङ । अत्याधिक रक्तश्राबका कारण दाङमा दुई सुत्केरीको मृत्यु भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा सुत्केरी गराउन आएका दुई महिलाको अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । तुलसीपुर-५ की ३२ बर्षीया यमकुमारी थापा र विजौरी-४ थानागाँउकी १७ बर्षीया पुष्पा चौधरीको अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको हो । थापाको अप्रेशन गरेर बच्चा निकालेको र रगत नजमेर रक्तश्राब भएका कारण मृत्यु भएको अप्रेशनमा संलग्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रबोध रेग्मीले जानकारी दिए । यस्तै चौधरीको गर्भाअबस्था जोखिम अबस्थामा रहेका कारण अप्रेशनपछि रगत अत्याधिक बगेर ज्यान गएको हो । चौधरीको गर्भधारण भएको समयमा स्वास्थ्य जाँच नगराएको र कम उमेरमा बच्चा जन्माउँदा ज्यान गएको डा. रेग्मीले बताए । अप्रेशन गरेर निकालिएका दुबै बच्चा भने सकुसल छन् । दुबै महिलाको ज्यान बचाउनका लागि दुई दिन सम्म रातदिन खटेपनि बचाउन नसकिएको डा. रेग्मीको भनाई छ । कृत्रिम स्वास दिएर र भेन्टीलेशनमा राखेर दुई दिन उपचार गरेको तर रगत नरोकिएका कारण ज्यान गएको उनले वताए । चौधरीको अनैतिक सम्बन्ध रहेका कारण बच्चा जन्मिएको र बाबुको पहिचान हुन सकेको छैन । =




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template