समाचार अनुसार चीनको दक्षिण पूर्वी गुआङडोङ प्रान्तस्थित हेशानकी २७ वषर्ीया जियाओ लिनका वक्षस्थल एक महिलाले कैँचीले काटिदिएकी छिन् ।
घरमा टेलिभिजन हेरिरहेको बेला कसैले ढोका ढक्ढकाएपछि उनी ढोका खोल्न गइन् । ढोका खोल्ने बित्तिकै कसैले उनलाई लात्ताले हान्यो र भुइँमा ढलायो । उनको टाउको झोलाले थिँचेर उनलाई नांगै बनायो र बाँध्यो । अनि कैँचीले उनका वक्षस्थल काटिदियो ।
यस्तो विभत्स आक्रमणपछि इन्तु र चिन्तु भएकी जियाओ बल्लतल्ल ती आक्रमणकारीको मुखको नकाब फुकाल्न सफल भइन् । त्यसपछि पो उनलाई थाहा भयो आफुलाई आक्रमण गर्ने त कुनै बलात्कारी नभएर आफुले केही समयअघि एक काराखानामा सँगै काम गरेकी मेंग साओ नामकी महिला पो रहेछिन् ।
प्रहरीले मेंग नामकी महिलालाई पक्राउ गरेपछि थाहा भयो उनले आफ्नो लोग्ने मेंग पान ती युवती जियाओसँग सल्किएको शंका गरेर त्यस्तो आक्रमण गरेकी रहेछिन् । तर आक्रमणकारी महिलाका लोग्नेले भने जियाओसँग आफ्नो कुनै अवैध सम्बन्ध नभएको बताएकी छिन् ।
लोग्नेले घरमा पटक पटक जियाओ निकै राम्री भएको बताउने गरेका र पछिल्लो समयमा आफुसँग डिभोर्स समेत मागेको कारण पक्कैपनि तिनै युवतीसँग लोग्ने पल्किएको ठहर मेंगले गरेकी रहेछिन् ।
अनाहकमा आक्रमण बेहोरेकी जियाओ लिनको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ । उनको वक्षस्थल कैँचीले नराम्रोसँग काटिएको र अब जोड्न नसकिने अवस्था रहेको डाक्टरहरुले बताएका छन् ।



0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!