बाँदर भगाउने नयाँ काइदा, ४० मान्छेलाई दिल्लीमा ढेँडु बनाइयो - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » बाँदर भगाउने नयाँ काइदा, ४० मान्छेलाई दिल्लीमा ढेँडु बनाइयो

बाँदर भगाउने नयाँ काइदा, ४० मान्छेलाई दिल्लीमा ढेँडु बनाइयो

बाँदरले दिने हैरानी हाम्रालागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दुख दिइरहेको छ । तर भारतमा भने बाँदरले राष्ट्रपति भवन, संसद भवन जस्ता ठूला मान्छेका घर ताकेपछि सरकारले नयाँ जुक्ति अपनाएको छ । बाँदरका फौजले महत्वपूर्ण सरकारी कार्यालयहरुमा पसेर हैरान पार्न थालेपछि नयाँ दिल्ली महानगर काउन्सिलले मानिसलाई ढेँडु बाँदर बनाउने काइदा अपनाएको छ । ४० जना मानिसलाई ढेँडु बाँदर बनाएर बाँदर भगाउन परिचालन गरिएको छ । रंगरोगन तथा पहिरनले ढेँडु बनाइएका ती मानिसहरुले बाँदरका फौजलाई धपाउने गरेका छन् । यिनहरुको काम पनि अनौठो नै छ । यिनीहरु सधै हाइ अलर्टमा हुन्छन् र जुन ठाउँमा बाँदरले हैरान पार्छ उनीहरुलाई फोन गरेर बोलाइन्छ अनि उनीहरुले उत्पात मच्चाइरहेका बाँदरलाई भगाउँछन् । सायद मान्छे भन्ने चिनेको भए बाँदर उल्टै झम्टिन्थे होलान् तर ढेँडुको भेषमा आएका मानिसलाई देखेर बाँदरले साँच्चीकै ढेँडु ठान्छन् र सुइँकुच्चा ठोक्छन् । ढेँडु बनेर बाँदर धपाउने काममा संलग्न प्रमोद नामका मानिसका अनुसार सुरुमा उनीहरुले उत्पात मच्चाइरहेका बाँदरको संख्या एकिन गर्छन् । त्यसपछि बाँदर रहेको नजिकैको रुख वा पर्खालमा गएर ढेँडुले जस्तै आवाज निकालेर कराउँछन् । त्यो आवाज सुनेर रातो बाँदर डराउन थाल्छन् । जब बाँदर डराएजस्तो गरेर अतालिन्छन् तब ती मानव ढेँडु दौडिँदै बाँदरका फौजमाथि जाइ लाग्छन् र धपाउँछन् । यति गर्दा पनि नभागेमा उनीहरुले गुलेली र लाठीको मद्धतले बाँदर धपाउने गरेका छन् । बाँदर धपाउने काममा संलग्न मानव लंगूरलाई महिनाको साढे ७ हजार तलब दिइएको छ । पहिले पहिले साँच्चीकै ढेँडु पालेर बादर लखेटिने गरेको भएपनि अहिले सरकारले ढेँडु पाल्न रोक लगाएको हुनाले मान्छेलाई ढेँडु बनाएर बाँदर धपाउनु परेको बादर भगाउने कामको ठेक्का लिएका ठेकेदार नारायण नाथ बताउँछन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template