चरी कसरी मर्‍यो हैन, कसरी जन्म्यो ? : गगन थापा - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » चरी कसरी मर्‍यो हैन, कसरी जन्म्यो ? : गगन थापा

चरी कसरी मर्‍यो हैन, कसरी जन्म्यो ? : गगन थापा

चरीको प्रकरणसँगै हाम्रा अगाडि चार प्रश्न आएका छन् । पहिले हामीले जुनखालको लोकतान्त्रिक सभ्य समाज निर्माण गर्न चाहेका छौं, त्यसका केही न्यूनतम अपेक्षाहरु छन्, त्योअनुरुप सबैले पूरा गर्नु पर्ने जिम्मेवारी पनि छन् । त्यसको आधारभूत सर्त भनेको कानूनको शासन हो । अर्थात कानुनले परिभाषित गरेको भन्दा बाहेकका विषयमा उचित लागे पनि, अनुचित लागे पनि आफ्नो भवनाले ठीक हो भन्दाभन्दै पनि यो गर्न मिल्दैन । नेपालको सन्दर्भमा हामीले कुनै पनि अपराध भयो भने कसरी दण्डित गर्ने भन्नेमा ऐन, नियम कानुनले प्रष्ट परिभाषित गरेको छ । त्यो कुरालाई लिएर हाम्रोमा त्यो परिधिभन्दा बाहिर नागरिक पनि जान मिल्दैन, राज्यका संयन्त्रहरु पनि जान मिल्दैन । त्यो परिधि बाहिर गएको हो कि होइन, जाने प्रवृत्ति बन्यो भने के गर्ने भन्ने छलफल गर्न आवयक छ । दोस्रो, कानुनको शासनको परिभाषाले के पनि गर्छ भने राज्यका केही निश्चित संयन्त्रहरुलाई कानुनको सीमा भित्र रहेर बल प्रयोग गर्ने अधिकार पनि दिएको हुन्छ । त्यसको बल प्रयोग गर्ने आधारभूत अधिकारमाथि नै निरपेक्ष ढंगले प्रश्न गर्ने र अंकुश लगाउन थाल्ने हो भने त राज्यका निकायहरु पंगु हुन्छन् । त्यो सधैं एउटा डरको छहारीमा बस्छ । आफूले प्राप्त गरेको अधिकारसमेत प्रयोग गर्न सक्दैन । नेपाल प्रहरीले पनि त निश्चित अवस्थामा बल प्रयोग गर्ने अधिकार पाएको छ । यो प्रकरणमा पनि बल प्रयोग गरेको अवस्था हो भने यसबारे हामीले प्रहरीलाई लान्छित गर्ने, प्रहरी अधिकारी र सिंगो संगठनको मानमर्दन गर्ने कुरा त कानुन शासनअनुरुप जुन समाज निर्माण गर्न खोजिएको छ त्यो अनरुप व्यवहार हुँदैन । किनभने राज्यको संयन्त्रले बल प्रयोग गर्ने अधिकार राख्छ भन्ने डरले पनि अपराधलाई दुरुत्साहित गर्छ । गर्दैन भन्ने भयो भने त अपराध प्रोत्साहित हुन्छ । यसलाई पनि संगै रोखेर हेर्नुपर्छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण भनेको हाम्रो सामु आएको छ । को मर्‍यो र कसरी मर्‍यो भन्दा पनि चरीजस्तो यति धेरै संगठित अपराधमा क्रियाशील भएका मानिसहरु निर्धक्कताका साथ कसरी एउटा पार्टीको सदस्यता बोकेर हिँडिरहेका छन् ? र निर्लज्जताका साथ कसरी हामी उनीहरुलाई हाम्रो पार्टीको सदस्य हो भनिरहेका छौं ? यो एउटा पार्टीको कुरा मात्र होइन, यो पार्टी त्यो पार्टी भन्नु भनेको भाग्ने कुरा मात्र हुन्छ । यो हाम्रो निम्तिको लज्जाको विषय भयो । हामीले अब स्वीकार गर्नुपर्ने बेला आएको छ कि यो हाम्रो गल्ती कमजोरी हो । चरीजस्ता अपराधीहरुले सानो-सानो अपराध गर्दै गर्दा संरक्षण गर्ने, आफ्नो अनुकुलतामा प्रयोग गर्ने काम नगरेको भए सायद आज यो घटना हुँदैन थियो होला । जुनसुकै कारणले होस् । ऊ बन्दुक बोकेर प्रहरीमाथि नै जाइलाग्छ भने त्यो मनोविज्ञान उसले बोक्दैन थियो होला । नबोकेको भए मारिँदैन थियो होला । जुन अपराध गरेको हो त्यसमा दण्ड पाउँथ्यो र समाजमा पुनःस्थापित हुन्थ्यो होला । यसरी हेर्दै गर्दा कतै चरीजस्ता मान्छेहरुलाई उनीहरुले मृत्युवरण गर्ने अवस्थासम्म पुर्‍याउने कुरामा अप्रत्यक्षरुपमा हाम्रो संरक्षणले यो परिणाम लिएर आयो कि भनेर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आयो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template