१५ बर्षे किशोरले ४२ वर्षे महिलालाई गर्भवती बनाएपछी - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » १५ बर्षे किशोरले ४२ वर्षे महिलालाई गर्भवती बनाएपछी

१५ बर्षे किशोरले ४२ वर्षे महिलालाई गर्भवती बनाएपछी

अष्ट्रेलियाको वुलमर हेमटन सहरमा एक अचम्मको घटना बाहिर आएको छ । एक ४२ वर्षीया महिला १५ वर्षिया स्कुले छात्रका बच्चाको आमा बनेकी छिन् । विवाहित हेलेन कार्टराइट नामको महिलाले प्रहरीसमक्ष आफूभन्दा २७ वर्ष सानो नाबालिग केटाका साथ केही महिनाअघि सम्भोग गरेको स्वीकारेकी छिन् । उनले केटासँग ‘फ्ल्र्ट’ गरे शारिरीक सम्बन्ध कायम गरेका थिए । केटा नाबालिग भएको ज्ञान हुँदाहुँदै पनि आफूले १५ वर्षेसँग समभोग गरेको स्वीकार्दै केटासँग पहिलेदेखि नै सम्बन्ध रहेको बताएकी छिन् । पहिले उनीहरुबीच चुम्बन क्रियालगायत लभ मेकिङ कार्य मात्र हुने गरेपनि २०१३ को मे महिनामा ने आफूले केटासँग सम्भोग गरेको बताइन् । त्यसपछि कही महिनामा गर्भवती हुन पुगेकी कार्टराइटले नाबालिग केटाको बच्चालाई जन्म दिइन् । अहिले सो बच्चा पाँच महिनाको भइसकेको छ । केटा १६ वर्ष पुगेपछि उनीहरुबीच झन् निकटताका कारण कार्टराइटले आफ्नो पतिलाई छोडेकी थिइन् । अदालतको फैसला यस विषयमा अदालतले कार्टराइटलाई दुई वर्षको जेल सजाय सुनाएको छ । तर बच्चाको जन्म दिएपछि अदालतले उनलाई रिहा गरेको थियो । तर अदालतले महिला दोषी रहेको भन्दै १० वर्षसम्म यौन अपराधीका रुपमा राखेको छ । प्रहरीले उनलाई दुई वर्षसम्म निगरानीमा राख्नेछ । प्रहरीसम्म घटना पुगेपछि महिलाले केटोलाई घेट छाडिदिएकी थिइन् । तर, अहिले फेरि बच्चासहित महिला र केटा साथसाथ बस्न थालेका छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template