१५ वर्षे किशोरले १३ वर्षकी बहिनीलाई गर्भवती बनाएपछि - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » १५ वर्षे किशोरले १३ वर्षकी बहिनीलाई गर्भवती बनाएपछि

१५ वर्षे किशोरले १३ वर्षकी बहिनीलाई गर्भवती बनाएपछि

आयरल्याण्डको बेलफाष्टमा एउटा भन्न पनि अफ्ठेरो पर्ने घटना भएको छ । बेलायती अखवार डेली मेलको अनलाइन संस्करणका अनुसार बेलफाष्टमा बस्ने एक १५ वर्षीय किशोरले आफ्नै १३ वर्षीय बहिनीलाई गर्भवती बनाएपछि घटना चर्चाको विषय बनेको हो । भन्ने समेत असजिलो लाग्ने यो घटनामा १३ वर्षीय किशोरीले आफ्नै दाजुको गर्भधारण मात्र गरिनन् बच्चा नै पैदा गरिन् । उनले पैदा गरेको बच्चाको नाम उल्लेख नगरीकन डेली मेलले यो विषयमा विवरण प्रकाशित गरेको छ । यी किशोरी १३ वर्षको उमेरमा नै ठूलो उतार चडाव भोगिसकेको र बच्चा जन्माएपछि उनीहरुको मुद्धा अदालतमा पुगेको बताइएको छ । यो घटना सन् २०१२ को भएपनि अहिले मात्र अदालतले यो विषयमा फैसला सुनाएको छ । अहिले पनि किशोरीको उमेर केवल १६ वर्ष रहेका कारण उनको बच्चाको पालन पोषणको विषयमा समस्या भएको छ । आफ्नै बहिनीलाई गर्भवती तुल्याएका ती किशोरले आफ्नो बच्चा नभएको दावी गरेपछि डिएनए परीक्षण गर्दा यो बच्चा उनकै भएको पुष्टी भएको थियो । यद्यपी ती किशोर अदालतमा भने उपस्थित भएनन् । अदालतले किशोरीको उमेर कम भएका कारण बच्चालाई कसैलाई धर्म सन्तानकोरुपमा सुम्पिने र किशोरीलाई पुनर्स्थापना केन्द्रमा पठाउने फैसला सुनाएको छ




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template